Thursday, June 13, 2024

सिराहाबाट लागूऔषध सहित दुई युवक पक्राउ

पछिल्लाे समाचार


सिराहा,२ भदौ//
लागूऔषध नाइट्रोभेटसहित सिराहाबाट दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

बरियारपट्टी गाउँ पालिका ३ बस्ने २२ वर्षीय प्रमोद कुमार यादव र सिराहाको सुखिपुर नगरपालिका १० बस्ने २८ वर्षीय धनजित यादव रहेको प्रहरीले जनाएको छ।

मंगलबार गोलबजार नगरपालिका ३ गागन पुलमा चेकजाँचको क्रममा उनीहरुको साथबाट नाइट्रोभेट ट्यावलेट ९ सय वटा बरामद गरेको सिराहा प्रहरीले जानकारी दिएको छ।

यस्तै अनटेस्ट पल्सर मोटरसाइकल १ थान, मोबाइल २ थान र ३ हजार ३४६ रुपैयाँ बरामद गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु