Thursday, June 13, 2024

हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २ जना पर्साबाट पक्राउ

पछिल्लाे समाचार


पर्सा,१३ भदौ //
पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २ जनालाई नियन्त्रणमा लिएको छ।
पर्साको धोविनी गाउँपालिका–२ गुलरिया बस्ने ५० वर्षिय रामपुकार पटेल र भारतको बिहार पश्चिम चम्पारण ईनर्वा बस्ने ४५ वर्षिय बृजकिशोर गिरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
शनिबार साँझ ईलाका प्रहरी कार्यालय जानकी टोल पर्साबाट जगरनाथपुर गाउँपालिका–२ स्थित कार्यालय अगाडी बाटोमा खटिएको नियमित चेकिङ टोलीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको प्लाटिना मोटरसाइकललाई शंका लागि रोकी जाँच गर्दा मोटरसाईकलको सिट मुनि लुकाइछिपाई ल्याएको श्रोत नखुलेको नेपाली १० लाख ६३ हजार ६२० रुपैयाँ र भारतीय १ हजार ६ सय रुपैयाँ फेला परेको पर्सा परह्रिले जानकारी दिएको छ ।
रकमसहित पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु