Wednesday, May 22, 2024

अखिल नेपाल महिला संघ क्रान्तिकारीको वडा भेला चन्द्रपुरमा सम्पन्न

पछिल्लाे समाचार


रौतहट,६ असोज //
रौतहटमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको वडा भेला सम्पन्न भएको छ ।

जिल्लाको चन्द्रपुर नगरपालिका स्थित वडा नंबर २ र ४ मा वडा भेला सम्पन्न भएको हो ।
संगठन निर्माणको गतिलाई दुर्त गतिमा बढाउँदै नेकपा माओवादी केन्द्र निकट रहेको अखिल नेपाल महिला संघ क्रान्तिकारीले आफ्नो संगठन निर्माणलाई तीव्रता दिएको छ ।
मंगलबार चन्द्रपुर २ स्थित जुडिबेला मा सम्पन्न भेलाले उर्मिला कर्माचार्य को अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन गरेको जनाएको छ।
त्यस्तै संगठन विस्तार अन्तर्गत वडा नंबर ४ मा समेत मंगलबार नै वडा भेला गरेको माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य एबम् महिला नेतृ देबकी नेपालले जानकारी दिएकि छिन्।
नेकपा माओवादी केन्द्र प्रदेश २ कमिटी सदस्य देबकी नेपालको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा दूत बहादुर थिङ,चेत बोलखे ,एकराज थापा,सञ्जिप माझी,प्रमिला राना,सर्मिला सुनुवार लगायतका नेता कार्यकर्ताहारुको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु