Wednesday, May 22, 2024

अबको तीन दिन देशका केही स्थानमा बर्षाको सम्भावना

पछिल्लाे समाचार


रौतहट ,१२ असोज //
अबको तीन दिन देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भारतको उडिसामा बनेको न्यूनचापिय क्षेत्रको आंशिक प्रभावले अबको तीन दिन देशभरी कै मौसम आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार यसकै प्रभावले अहिले पनि देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
तर ठूलो पानी भने कतै पनि नपर्ने महाशाखाले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु