Friday, June 21, 2024

अवैध लागुऔषधसहित पर्साबाट चार जना पक्राउ

पछिल्लाे समाचार


पर्सा,७ भदौ //
पर्साबाट अवैध लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बर्दियाका २२ वर्षीय राजेश थारू र चितवनका ३२ वर्षीय सुरेश नेपाली रहेका छन्।

पैदल हिँडिरहेका दुईजनालाई शङ्का लागेर बुधबार दिउँसो २ बजे चेकजाँच गर्दा निजहरूले बोकेको रसबरीको डब्बा भित्रबाट लागू औषध सय एमएलको बिनपिरेक्स सिरप १२० थान बरामद भएको पर्सा प्रहरीले जनाएको छ।

यस्तै मंगलबार खैरो हिरोइन सहित लालबन्दीका सुरज पासवान र कञ्चनपुर भीमदत्त नगरपालिकाका २१ वर्षीय लक्ष्मण विष्ट पक्राउ परेका थिए।
वीरगञ्ज वडा नम्बर १६ शंकर आचार्य दवारबाट लागू औषध ब्यूरो टोलीले पैदल हिडिरहेका उनीहरुको साथबाट ३.४० ग्राम खैरो हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु