Thursday, June 13, 2024

अवैध लागुऔषध गाँजासहित सर्लाहीबाट एक युवक पक्राउ

पछिल्लाे समाचार


सर्लाही ,१७ भदौ //
सर्लाहीबाट २२ किलो अवैध लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको मलंगवा नगरपालिका–९ का २४ वर्षीय ललित कुमार महतो रहेका छन्।

बुधबार सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) मलंगवाको टोलीले महतोलाई दुई पोका गाँजा बोकेर भारततर्फ जाँदै गरेको अवस्थामा मलंगवा नगरपालिका–९, स्थित सीमा क्षेत्रबाट पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
उनलाई थप अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु