Sunday, May 26, 2024
No menu items!

अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

पछिल्लाे समाचार

रौतहट २४ भदौ / चन्द्रनिगाहपुर सरकारी अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्त्रण गरिएको छ ।
१०८ औं बिपी जयन्तीको अवसरमा नेपाली काग्रेंसका नेताहरुद्धारा अस्पतालका मेसु डा.सन्दिप साह, डा. देव कुमार पासवान एवं कोभिड अस्पताल प्रमुख मातृका चालिसेलाई संयुक्त रूपमा कोभिड सुरक्षा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
कोरोना संक्रमित बिरामीहरूको उपचारमा खट्दै आएका चन्द्रनिगाहपुर अस्पतालका स्वास्थ्य कर्मचारीलाई आवश्यक पर्ने पीपीई,फेस सिल्ड, ग्लभ्स, मास्क, हेड कभर, गगल्स लगायतका सामाग्रीहरु वितरण गरिएको नेपाली काग्रेंसका महाधिवेशन प्रतिनिधि सुर्य बहादुर थापाले जानकारी दिएका छन् ।
सो कार्यक्रममा अस्पतालमा भर्ना भएर बसेका बिरामीहरुलाई फलफूल समेत वितरण गरिएको ,पीपीई लगायत बिभिन्न स्वास्थ्य सामाग्री अभाव रहेको अवस्थामा नेपाली काग्रेंसले हस्तान्त्रण गरेको स्वास्थ्य सामग्रीले धेरै ठूलो राहत पुगेको स्वास्थ्यकर्मी मातृका चालिसेले जानकारी दिएका छन् ।
नेपाली काग्रेंसका महासमिति सदस्य मिथिलेश मिश्र,विद्यार्थी नेता श्यामहरी चौलागाईं,गोपाल हुमागाईं,शत्रुधन महतो, विश्व ठोकर लगायत अस्पतालका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु