Monday, December 9, 2024

आज असोज ३ गते देशैभरी विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै

पछिल्लाे समाचार



रौतहट ,३ असोज //
आज असोज ३ गते देशैभरी विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै छ।
२०७२ असोज ३ गते जारि भएको संविधान आज ६ वर्ष पुरा भएको छ।
संविधान जारी भएको सम्झनामा सरकारले राष्ट्रिय दिवसको रुपमा संविधान दिवस मनाउन आज देशैभरी सार्वजनिक बिदा दिएको छ ।
सरकारले यस वर्ष असोज २ देखि ४ गतेसम्म विविध कार्यक्रम गरी संविधान दिवश मनाउने तयारी गरेको हो ।

दिवसका अवसरमा सरकारले आम नागरिकलाई स्वतः स्फूर्त रुपमा दीपावली गर्न तथा नेपाली झण्डा फहराउन आग्रह गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च काठमान्डौमा विशेष समारोह आयोजना गरेको छ।

यसैबीच सरकारले घोषणा गरेको संविधान दिवस कार्यक्रममा सत्तारुढ दल जनता समाजवादी पार्टी जसपाले भाग नलिने भएको छ । संविधान दिवसको पूर्वसन्ध्यामा शनिबार जसपा अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै संविधान दिवसमा सहभागी नहुने जानकारी दिएका हुन्।

संविधानमा धेरै धाराहरूमा विभेदकारी प्रावधानहरू राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने जसपाको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु