Wednesday, May 22, 2024

ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा भदौ २२ गतेबाट संस्था नविकरण शुरु

पछिल्लाे समाचार


रौतहट ,२१ भदौ //
ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका संघसंस्थाहरुको नविकरण भदौ २२ गतेबाट शुरु हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटले आफ्नो कार्य क्षेत्रमा पर्ने स्थानिय तहहरुमा भएका संघसंस्थाहरुको नविकरण गर्न अनुमति दिएपछि भदौ २२ गतेबाट नविकरणको काम शुरु हुने भएको इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डोरेन्द्र निरौलाले जानकारी दिएका छन्।
भदौ २२ गते निजामती सेवा दिवशको अवसर पारेर सोही दिनबाट संस्था नविकरण गर्ने काम शुरु गरिने उनले बताएका छन् ।
इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट चन्द्रपुर , बृन्दावन , गुजरा , गरुडा र फतुवा विजयपुर गरि ४ ओटा स्थानिय तहहरुलाई सेवा प्रवाह गर्दै आइरहेको छ ।
चन्द्रपुर , गुजरा , बृन्दावन तथा गरुडा नगरपालिकाको वडा नम्बर ९ एवम् फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर ८, ९ र ११ वडा लाई कार्य क्षेत्र बनाएर कार्यरत गैर सरकारी संघ संस्थाको नविकरणको कार्य निजामती सेवा दिवशको दिनबाट शुरु गर्ने ब्यवस्था गरिएको ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु