पर्सा ,३ असोज //
आर्थिक वर्ष २०७७/०७८ मा नौ हजार ५२ ओटा विद्युतीय सवारी नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ।
विभागको तथ्याङ्क अनुसार गत आवमा चार हजार सात सय ९७ ओटा तीन पाङ्ग्रे विद्युतीय सवारी साधन भित्रिएको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै, धेरै आयात हुने विद्युतीय सवारी साधनको दोस्रो नम्बरमा इलेक्ट्रिक मोटरसाइकल दुई हजार तीन सय ३३ वटा भित्रिएको उल्लेख छ । सोही अवधिमा १६ सय ६१ ओटा विद्युतीय सवारी साधन विमानस्थल तथा उद्योगहरूको प्रयोजनका लागि ल्याइएका छन् ।
यस्तै दुई सय ६१ ओटा कार, जिप, भ्यान भित्रिएको तथ्याङ्कले देखाएको छ ।
यसरी विद्युतीय सवारीसाधन भित्र्याउने कम्पनीमा निसान, टाटा, एमजी, महिन्द्रा र किया रहेको छ ।