Friday, May 24, 2024

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवा लाई यस्तो सन्देश पठाए

पछिल्लाे समाचार

काठमाण्डौ १२ असोज /नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मार्फत प्रधानमन्त्री शेर बहादुर देउवा लाई पार्टी फुटाउन ल्याएको अध्यादेश षडयन्त्रपुर्ण,त्रुटीपुर्ण रहेको सन्देश पठाएका छन ।
सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश, असोज ११ गते फिर्ता गरेको सूचना जुन बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको एमाले अध्यक्ष ओलीले भनेका छन ।
चलिरहेको संसद् मध्यरातमा बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र र संविधान विपरीत रहेको समेत सन्देश पठाएका छन ।

अध्यक्ष ओलीले धनेका छन , अहिले संसद् अधिवेशन चालु छ । त्यो अध्यादेश प्रतिस्थापन गर्न संसदलाई सरकारले सूचित गरिसकेको अवस्था छ । कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को हो । संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुन सक्दैन ।
संसद् अधिवेशन चालु रहेकै बेला संसद्मा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दुःषित मनसायबाट अभिप्रेरित, दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दल विरुद्ध लक्षित छ भन्ने कुरा प्रष्ट रहेको समेत उनले प्रधानमन्त्रीलाइ सन्देश पठाएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु