Wednesday, May 22, 2024

एस.ई.ई. उत्कृष्ट विधार्थीलाई वडा अध्यक्ष झाद्वारा पुरस्कार प्रदान

पछिल्लाे समाचार


रौतहट,१९ भदौ//
एस.ई.ई. परिक्षामा उत्कृष्ट विधार्थीलाई रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झा उर्फ (डिके) झाले पुरस्कार प्रदान गरेका छन्।
दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरी स्थित श्री संस्कृत माध्यमिक विधालयका विधार्थी तितिक्षा कुमारीले २०७७÷०७८ को एस.ई.ई. परिक्षामा सर्वेउत्कृष्ट नतिजा (ए–ग्रेड) ल्याएकोमा पुरस्कार स्वरुप रु. दस हजार नगद प्रदान गरेका हुन्।
वडाअध्यक्ष झाले घोषणा गरेको वडा अध्यक्ष छात्रवृत्ति पुरस्कार अन्तर्गत तितिक्षालाई दस हजार नगद सहित सम्मानित गरेका हुन्।
सामुदायिक विधालय प्रति विधार्थी एवं अभिभावकको आकर्षण बढाउन तथा शैक्षिक प्रगतीमा थप हौसला प्रदान गर्नका लागि उत्कृष्ट छात्रवृत्ति पुरस्कार अभियान संचालन गरिएको झाले जानकारी दिएका छन्।
कार्यक्रममा श्री संस्कृत माध्यमिक विधालयका पुर्व विधालय व्यवस्थापन समिति अध्यक्ष, दुर्गा भगवती गाउँपालिका वडा नं. ३ का वडा सदस्यहरु तथा वडा सचिव उमेश चौधरी लगायतको सहभागिता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु