रौतहट ,९ असोज //
रौतहटको कटहरियामा अन्तर्राष्ट्रिय मुसायरा कार्यक्रमको सम्पुर्ण तयारी पुरा गरिएको छ।
कटहरिया स्थित जनता माबिको प्रांगणमा सो कार्यक्रम आजराती ८ बजेदेखि हुने भएको छ ।
धर्मनिर्पेक्ष देशमा सबै धर्म जनताको सम्मान अधिकार भएको देशमै सबैभन्दा बढी रौतहटमा मुस्लिमको जनसंख्या रहेकाले ईस्लाम धर्मावलम्बीहरुको पहिचान तथा अधिकारको नगरपालिकाले अन्तर्राष्ट्रिय मुसायरा कार्यक्रमको आयोजना गरेको आयोजक कटहरिया नगरका मेयर सियाराम कुश्वाहाले जानकारी दिए।
सो कार्यक्रममा नेपाल बाट फैयाज फैजी,भारत बाट अजम साकरी,मिसन गोपालपुरी,मुजाहिद हसनैन हबिबी,साईस्ता साना,चान्दनी सबनम,गुले सब्बा,पाकिस्तान बाट तैजिब हाफी,र क्यानाडाका प्रख्यात दर्जनौं कवि तथा सायरहरुको सहभागिता रहने उनले बताए ।
पुर्व मन्त्री प्रभु साहको सल्लाह अनुसार हुनलागेको मुसायरा जस्तो गरिमामय कार्यक्रमले सबै धर्मका मानिस बीच भाईचाराको संबन्ध बढाउन सहयोग मिल्ने बिश्वास आयोजकले लिएको छ ।
मुसायरा कार्यक्रमको लागि भब्य स्टेज तथा दर्शकको लागि छुट्टाछुट्टै ५ वटा भब्य पंडाल निर्माण गरिएको छ ।
कम्तीमा १० हजार दर्शक आउने बिश्वासका साथ उनीहरुको लागि बसेर हेर्ने ब्यवस्था,खानेपानी तथा छुट्टाछुट्टै शौचालयको ब्यवस्था गरिएको बताइएको छ ।
मेयर कुश्वाहाका अनुसार मुसायरा प्रदर्शनको क्रममा कुनै झमेला हुन नदिन तथा हेर्न आउने दर्शकको सुरक्षाको लागि कटहरिया नगरपालिका बाट ठुलो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिने छ