Friday, June 21, 2024

खोला उत्खनन गरिरहेको ट्याक्टर गाउँलेले नियन्त्रणमा लिई बुझाए प्रहरीलाई

पछिल्लाे समाचार


धनुषा,१७ भदौ //
धनुषाको मिथिला नगरपालिका वडा नं. ३ हरिपुरमा खोला उत्खनन गरिरहेको एक ट्याक्टर गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।
बिहिबार विहान सोहि स्थानमा पर्ने औरही खोलामा गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा ज १ त २८७० नम्बरको ट्रयाक्टर इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरीलाई बुझाएका हुन्।
स्थानीय निकायले नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको बेला जयशिव भोले क्रसरले ट्रयाक्टरको प्रयोग गरेर अवैध उत्खनन् गर्ने गरेको छ।
४/५ वटा ट्याक्टर प्रयोग गरि उत्खनन गरिरहेको अवस्थामा गाउँलेहरु रोक्न गएपछि अन्य ट्याक्टर लिएर क्रसर माफिया भागेको र एउटा नियन्त्रणमा लिएर बुझाएको इलाका प्रहरी कार्यालय ढल्केबरका इन्सपेक्टर दीपक सुवेदीले जानकारी दिएका छन् ।
यसअघि पनि गाउँलेहरुले चारदिन अघि खोला उत्खनन गरिरहेको अवस्थामा तीनवटा ट्याक्टर नियन्त्रणम लिई प्रहरीलाई बुझाएको बताइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु