Friday, January 24, 2025

गत वर्ष बिक्री गरेको उखुको अनुदान अझै पाएनन् सर्लाहीका किसानले

पछिल्लाे समाचार


सर्लाही ,५ असोज //
गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम सर्लाहीका उखु किसानले अझै पाउन सकेका छैनन्।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उद्योगीबाट बेलैमा भुक्तानी नपाएर हैरान भएका उखु किसानलाई सरकारले समेत अनुदान रकम भुक्तानीमा आलटाल गरिरहेको गुनासो गरे ।

भुक्तानीको झन्झटले किसान उखु खेतीबाट निरुत्साहित हुदै गएका उनको भनाइ छ ।
सरकारले गत वर्ष उखुको मूल्य निर्धारण गर्दा किसानलाई प्रतिक्विन्टल ६५ रुपैंया २८ पैसा अनुदान दिने घोषणा गरेको थियो ।

चाडबाडको समयमा अनुदान रकम उपलब्ध गराइदिन उखु किसानले सरकारसँग माग गरेका छन् ।

यता, कोष तथा लेखा नियन्त्रण कार्यालय मलंगवाका निमित्त प्रमुख दामोदर पौडेलले अनुदान रकम वितरणका लागि दुई साताअघि कार्यालयलाई २० करोड सात लाख रुपैया बजेट प्राप्त भइसकेको जानकारी दिएका छन्।

अहिले रोक्का भएको बजेट खुल्ने बित्तिकै दशैंअघि नै किसानलाई अनुदान वितरण गरिसक्ने उनले बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु