रौतहट,३ असोज //
रौतहटको गरुडा नगरपालिका वडा नम्बर ८ मा दलितहरुको भेला सम्पन्न भएको छ ।
दलित समुदायहरुको भेला बैधनाथ रामको अध्यक्षता शनिवार सम्पन्न भएको हो।
बिर्ताको फुलबारीमा बसेको सो भेलाले १५ सदस्यीय दलित वडा कमिटि गठन गरेको छ ।
समितिको उपाध्यक्षमा भैरो राम ,कोषाध्यक्षमा मिना देवी दास , सचिवमा सुकृत राम र सह–सचिवमा सुरज पासवान १५ सदस्यीय वडा समिति गठन भएको सुरज पासवानले बताए।
कार्यक्रममा सोनेलाल राम , सागर पासवान ,सत्यनरायाण राम ,पुनित राम ,उदय नारायण लगायत सो वडा दलित समुदायका नागरिकहरुको उपस्थिति रहेको थियो।