रौतहट २३ भदौ /
किसानको बिबिध समस्याका बारेमा सरकारले कुनै चासो नदिएको भन्दै रौतहटका किसान आन्दोलित भएका छन ।
सरकारी बेवास्ता का कारण किसान पीडित हुनु परेको भन्दै हजारौं किसानले बुधवार प्रर्दशन गरेका हुन ।
धानखेतीको समय मलखादको चरम अभाव खेपिरहेका किसानहरुले कृषि सामग्रीको अभावमा उत्पादन घटेको भन्दै आन्दोलन गरेका हुन ।
यूरिया मल अभाव भए पछि भारतीय बजारहरुबाट मलखाद ल्याउदा सिमानामा सुरक्षाकर्मीले खोसे पछि खेती गर्न कठिन भएको किसानको गुनासो छ ।
सरकारले मलखाद उपलब्ध नगराउने र किसान आफैले भारत बाट ल्याउदा तस्करी गरेको भन्दै कारवाही भोग्नु पर्दा पीडित बनेको उनीहरुको गुनासो छ ।
सिचाइ सुबिधा नहुनु, हरेक बर्ष जस्तो बाढी आउने, बालि हुर्कने बेला मलखाद नपाउने, बैंकले किसानलाई ऋणमा झन्झट गर्ने तथा कृषियन्त्रहरु समेत महङ्गोमा खरिद गर्नु पर्ने हुदा किसानले खेती नै छाड्ने अवस्था आएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिएको उनीहरु बताउछन ।
सुलभ रुपमा मलको व्यवस्था, ट्रयाक्टरमा लाग्ने कर खारेज, कृषि बिमा, कृषि ऋणको व्यवस्था तथा किसानलाई पेन्सनको व्यवस्थाको माँग गर्दै किसानले सदरमुकाम गौरमा प्रर्दशन गरेका छन ।
किसानको आन्दोलनमा सहभागी हुँदै समस्याका बारेमा केन्द्र र प्रदेश सरकारलाई पटक पटक ध्यानाकर्षण गराउदा सुनवाइ नभएको पुर्व प्रदेश सभा सदस्य कुन्दन कुशवाहाको भनाइ छ ।
किसानले आन्दोलनको पहिलो दिन बुधवार रौतहटमा कृषियन्त्र सहित प्रर्दशन गरेका र चरणबद्ध रुपमा का आन्दोलन गर्ने आइटि किसान संर्घष समिति रौतहटले जनाएको छ ।