Wednesday, May 22, 2024

गौर बाट लाखौको समान बरामद

पछिल्लाे समाचार

रौतहट १४ असोज । सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्य नियन्त्रण अन्र्तगत रौतहटमा भन्सार छलेको चिनी बरामद भएको छ ।
असोज १३ गते प्रहरी गस्तीले गौर नगरपालिका वडा नं ५ स्थितमा ना १ ज ३२९६ नम्बरको पिकअप गाडीमा २० बोरा चिनि तथा अन्य समान बरामद गरेको छ ।
भारत बिहार राज्य मोतिहारी जिल्ला कुडवा चैनपुर ग्राम पंचायत घर भई हाल रौतहट गरुडा नपा ३ बस्ने बर्ष ३५ को जोत नारायण साहसंग बिल बिजक माग्दा नदिएको र अनुशन्धानको लागी बरामद गरीएका जिल्ल प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
एक लाख तिहत्तर हजार बराबरको चिनी, खाने तेल, पतंजली बिस्कुट, पारले जी बिस्कुट करीव तीनलाख बराबरको पिकअप गाडी समेत गरि बरामद गरी गौर भन्सार बुझाएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु