Friday, May 24, 2024

चन्द्रपुरका पत्रकारहरुसँग प्रहरी प्रमुखको अन्तरक्रिया

पछिल्लाे समाचार

मुकेश कुमार साह,रौतहट ३ असोज । रौतहटमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका एसपि विनोद घिमिरेले चन्द्रपुरका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गर्नु भएको छ । आईतवार हिमालयन होटलको सभा हलमा रौतहटको शान्ति सुरक्षाको अवस्था तथा चुनौतीको बारेमा चासो राख्नु भएको थियो । जिल्लामा शान्ति सुरक्षाको अवस्था, अपराध रोकथाम तथा नियन्त्रण, अवैध चोरी निकासी, पैठारी, झै झगडा, प्रहरी आचरण, प्रहरीको सेवा प्रदानमा लगाएतको बारेमा पत्रकारसंग कार्यक्रममा छलफल गरिएको थियो । शान्ति सुरक्षा स्थापनाका लागी पत्रकारहरुको अहम भुमिका रहने भएकाले आफु पत्रकारहरुसँगै सहकार्य गर्दै अगाडी बढ्ने घिमिरेले जिकिर गर्नु भयो । पत्रकारहरुले रौतहटका समग्र हालको स्थिती र सुरक्षा निकायले अपनाउनु पर्ने भुमिकाका बारेमा पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरीले प्रहरी प्रमुखलाई जानकारी दिनु भएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालयका डिएसपि लिलाराज लामिछाने , पत्रकार महासंघ रौतहटका सल्लाहकार संजय कार्की , पत्रकारहरु यादवराज पुरी , सुब्बा कार्की , रमेश तिमल्सिना , अनमोल कार्की , रुपेन्द्र पटेल , उपेन्द्र गोले , सागर हुमगाई , दिपु मिश्र , सन्तोष काफ्ले लगायत चन्द्रपुर क्षेत्रमा विभिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो । रौतहटमा भर्खर आउनु भएका घिमिरेले केही दिन अगाडी रौतहटका विभिन्न स्थानमा कार्यरत पत्रकारहरुसँग अन्र्तक्रिया गरि सक्नु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु