Tuesday, September 17, 2024

गौर रोडमा निर्माणधिन नाला निर्माण अलपत्र छाड्दा चन्द्रपुर दुर्गन्धित बन्दै

पछिल्लाे समाचार


रौतहट ,३१ भदौ //
चन्द्रपुर नगरपालिकाको पुर्वपश्चिम राजमार्ग र गौर रोडमा निर्माणधिन नाला निर्माण कार्य सम्पन्न नहुँदै अलपत्र छाडेको छ।
लामो समयसम्म निर्माण कार्य सम्पन्न नहुँदा नालासहित सडक समेत दुर्गन्धित बनेको छ।
कोरोनाका कारण व्यापार व्यवसायी बन्द भएको र केही सहज भएसँगै व्यवसायी सञ्चालन गर्ने क्रममा आफ्नो पसलसँगै रहेको नालाको दुर्गन्धले बस्न नसक्ने र ग्राहकहरु समेत केही समय पनि बस्न नचाहने स्थानिय व्यापारीको गुनासो छ।
नगरपालिकाले पुर्वपश्चिम राजमार्ग र गौर रोडलाई फराकिलो बनाउनुका साथै बर्षाको पानी निकास गर्नका लागी नाला निर्माण गर्न खाल्डो खनिएको थियो ।
तर हाल सो नाला निर्माण गर्न खनिएका खाल्डो पानि निकास गर्न नभई फोहर फाल्ने स्थलका रुपमा प्रयोग हुन थालेको छ।
नगरपालिकाले तत्काल नाला निर्माण कार्यलाई तीव्रता दिनु पर्ने चन्द्रपुरका व्यापारीहरुको भनाई छ।
नालामा जमेको फोहोरका कारण सडकमा समेत दुर्गन्ध फैलिदा आवतजावतमा समस्या भएको पैदलयात्रीहरु बताउछन्।
नाला निर्माण गर्नु अत्यन्त राम्रो पक्ष रहेको भएतापनि निर्माण सम्पन्न नगरि अलपत्र छाड्दा चन्द्रपुरबाट गौर आवतजावत गर्ने बस , म्याजिक लगायत अटो , इरिक्सा तथा ब्यापारीहरुको सवारी साधनहरु पार्किङमा समेत समस्या उत्पन्न भएको उनीहरुको गुनासो छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु