Thursday, September 12, 2024

चन्द्रपुरमा पुस्तकालयको उद्घाटन

पछिल्लाे समाचार


रौतहट २२ भदौ //
चन्द्रपुर ४ मा रहेको जनजागृती पुस्तकालयले साहित्यकार मोतीराम भट्ट को १५५ ओ जन्मजयन्ती मनाएको छ ।
सो अवसरमा पुस्तकालय उद्घाटन तथा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ ।
पुस्तकालयको चन्द्रपुर नपा का मेयर रामचन्द्र चौधरीले गरेका छन् ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रपुरका उपसचिव डोरेन्द्र निरौला , बिर दल गुल्मका प्रमुख सेनानी राजन दाहाल, डिभिजन बन प्रमुख अमरदेव यादव , वडा अध्यक्ष अमर बहादुर आले , पत्रकारहरु संजय कार्की, फणि महत, पुर्व वडा अध्यक्ष कृष्ण प्रसाद तिमल्सेना , वडा सदस्य प्रेमा तिमल्सेना , साहित्य प्रेमी, बिधार्थी , अभिभावकहरु, पुस्तकालय अभियान्ताहरु को उपस्थिती रहेको छ ।
पुस्तकालय अभियान समूह मकवानपुर का सुरेश श्रेष्ठ ले ५० हजार बराबरको करिव १५० थान कितावहरु सहयोग गरेको जनाएका छन । सो समुहले मकवानपुर, बारा, रौतहटमा जिल्लामा गरि १३ वटा पुस्तकालयमा कितावहरु सहयोग गरेको छ ।
उद्धाटन कार्यक्रम जनजागृती पुस्तकालय कप्तानटोलका अध्यक्ष भुमिलाल न्यौपाने को अध्यक्षतामा सम्पन्न भएको छ ।

कलमपाटी


शुभकामना मन्तब्य को क्रममा मेयर चौधरी, प्रमुख सेनानी दाहाल, डिभिजन बन प्रमुख यादव, वडा अध्यक्ष आले , पत्रकार कार्की, पुर्व वडा अध्यक्ष तिमल्सेना ले पुस्तकालय को दिगोपन,व्यवस्थापन र संचालन का मा निरन्तरता हुनुपर्ने तथा त्यसका लागि साथ र सहयोग निरन्तर रहने समेत धारणा राखेका छन् ।
बक्ताहरुले पुस्तकालयलाइ कितावहरु सहयोग गर्ने प्रतिबद्घता समेत व्यक्त गरेका छन् ।
पुस्तकालयका अध्यक्ष न्यौपानेले पुस्तकालय लाई सवैको सहयोगको आवस्यक रहेको बताएका छन् ।
२०५१ सालमा स्थापना भएपनि चन्द्रपुर ४ कप्तानटाेलमा पुस्तकालयको हल सहित ७ वटा कोठा भएको दुइतले नव निर्मित भवन को मंगलवार उद्घाटन गरिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु