Friday, June 21, 2024

चन्द्रपुरमा साथ-साथ सिकाई समूह गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

मन्जु मानन्धर /
रौतहट,२० भदौ//

रौतहटको चन्द्रपुरमा साथ-साथ सिकाई समूह गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

शान्तिको लागि साझा अभियान नामक संस्थाको आयोजनामा आइतबार चन्द्रपुर ४ स्थित गौतम होटलको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो।
काठमान्डौको अनामनगरमा केन्द्रिय कार्यालय रहेको संस्थाले ७ वटै प्रदेशको राजधानीमा प्रादेशिक सचिवालाय राखी विभिन्न जिल्लामा समूह गठन गरि संस्था विस्तार गर्ने अभिप्रायले कार्यक्रम गरिएको हो।


संस्थाले महिला माथि हुने ,महिला हिँसा ,बाल सुरक्षा ,सामाजिक सुरक्षा तथा विभिन्न किसिमका अभियान चलाउने कार्यक्रममा जानकारी गराइएको थियो।
कार्यक्रममा बोल्दै महिला दवाव समुहका अध्यक्ष देवकी नेपालले विभिन्न हिँसा समन्धी अभियान संचालन गरि दोषीलाई सजाय र पिडितलाई न्याय दिलाउनु सबैको कर्तव्य रहेको बताइन।
आइतबार सम्पन्न कार्यक्रममा महिलाहरुको हकहितको लागि काम गर्ने विभिन्न निकायका पदाधिकारी हरुको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु