Wednesday, May 22, 2024

चोरीको मोटरसाइकलसहित दुई युवक पक्राउ

पछिल्लाे समाचार


धनुषा ,१३ असोज //
धनुषामा चोरीको मोटरसाइकलसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका–६ सोनीगामाका १९ वर्षीय मम्ताज मन्सुरी र २० वर्षीय रमेशकुमार महरा रहेका छन्।
मंगलवार बिहान १० बजे दुवैजनालाई धनुषाको गणेशमान चारनाथ नगरपालिकाको विरेन्द्रबजारस्थित रहेको स्थानीय वर्कसपमा विक्री गर्न खोजीरहेको अवस्थामा मोटरसाइकलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिएका छन्।
स्थानीय बेचन मुखियाको घरबाट दुवैले मंगलबार राती प्र.२–०२–००२प–००८५ नम्बरको मोटरसाइकल चोरी गरेको थियो ।
पक्राउ परेका दुवैजनालाई मोटरसाइकलसति चोरी मुद्दामा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु