Sunday, January 26, 2025

जनकपुरधाममा आगलागी ,लाखौंको क्षति

पछिल्लाे समाचार


धनुषा ,२३ भदौ //
जनकपुरधाम उपमहानगरपालिका ९ सरस्वती टोलमा आगलगीमा हुँदा लाखौंको क्षति भएको छ।
गएराती स्थानीय कामनीदेवी ठाकुरको घरमा विद्युत सर्ट भई आगलागी भएको हो।
आगलगीबाट करिब १० लाख बढीको क्षति भएको पीडित परिवारले बताएको छ।
छोरीको बिहे गर्न भनि किनेर राखेको सामग्री तथा सुनचाँदी पनि जलेर नष्ट भएको कामनीदेवीले बताइन।
आगो लाग्ने वित्तिकै स्थानीयले प्रहरी र जनकपुरधाम उपमहानगरमा बारुण यन्त्रका लागि फोन गरेका थिए।
तर बारुण यन्त्र समयमा नपुग्दा ठूलो क्षति भएको स्थानीयको भनाई छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु