Sunday, May 26, 2024
No menu items!

जन्मदिनको अवसरमा अनाथलयमा सहयोग

पछिल्लाे समाचार

मुकेश कुमार साह, रौतहट ६ असोज । रौतहटको गरुडामा अवस्थित बंशीराम जयसवाल अनाथलयमा एक बृद्धले आफ्नो जन्मदिनको उपलक्ष्यमा खाधान्न तथा नगद सहयोग गरेको छिन। चन्द्रपुर नगरपालिका ४ निवासी श्री सत्यभामा देबी बोहराले आफ्नो ८४औ जन्मदिनको उपलक्ष्यमा अनाथालयमा सहयोग गरेकि हुन् । उनले अनाथ बाल-बालिका लाई कपड़ा, चामल, दाल ,तेल,मसाला, आलू, प्याज, लगायत पैंतीस हजार पांचसय नगद सहयोग गरेकी छन् । जीवनको अन्तिम घडीमा आफुले अभिभावक नभएका, टुहुरो रहेका अनाथालयका बालबालिकालाई सहयोग गर्न पाउदा छुट्टै आनन्द महसुस भएको बोहराले बताए।

समाज सेवामा सबैले हात बढाएमा दुखी, गरीबलाई सानो मलम भएपनि लाग्ने उनको भनाई छ । अनाथालय परिवारले बोहरालाई शुखद जीबन यापनको कामनाको साथै दिर्घायु को कामना सहित धन्यवाद व्यक्त गरेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु