Friday, February 14, 2025

जागिर लगाइदिने भन्दै ठगि गर्ने पक्राउ

पछिल्लाे समाचार

रौतहट १८ भदौ /जगिर लगाइदिने भन्दै रकम ठगि गर्नेलाइ प्रहरीले रौतहटमा पक्राउ गरेको छ ।
गौर नगरपालिका वडा नं ७ बस्ने बर्ष २२ को सुधिर कुमार झा समेतको जाहेरीले यमूनामाई गाउँपालिका वडा नं १ बस्ने बर्ष ४२ को विनय राउत कुर्मी लाइ प्रहरीले पक्राउ गरेको हो ।
बैसाख २० गते गौर नगरपालिका वडा नं ८ स्थित बाँसघारीमा झा लाइ बोलाइ मेरो प्रहरीमा राम्रो सम्पर्क छ, भगौडा प्रहरीको खाली ठाउँमा जागरी लगाइदिने र त्यहा नभए बिदेशमा राम्रो काममा पठाउने भन्दै ५ जना मानिसहरुबाट सात लाख पचपन्न हजार ठगी गरी फरार रहेका थिए ।
पिडितको उजुरी पछि खोजतलास गर्दा भदौ १६ गते सुकदेव चौक बाट पक्राउ गरी ठगी सम्वन्धि कसुर अन्तर्गत अदालत बाट ५ दिनको म्याद लिएर अनुशन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु