Monday, February 26, 2024

ब्राण्ड चोरी गरी स्थानीय उत्पादन भरेर विक्री गर्ने एक उद्योगी पक्राउ

[sharethis-inline-buttons]

पछिल्लाे समाचार


पर्सा ,५ असोज //
ट्रेडमार्क र डिजाईन चोरी गरी बनाएको प्याकेटमा स्थानीय मसाला भरेर विक्री गर्ने वीरगञ्जका एकजना उद्योगीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज ८ मा सञ्चालित अन्नपूर्ण मसला उद्योगका सञ्चालक रोहित साह कानु रहेका छन्।

अन्नपुर्ण मसला उद्योगका मसलाहरूमा बीएमपी स्पाईसेस उद्योगको ट्रेडमार्क र डिजाईनर लेबल प्रतिलिपि टाँस गरी वीरगञ्ज महानगर तथा अन्य स्थानहरूमा ती मसला बिक्री वितरण गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले छापामारी गरेर ६ सय ५४ पोका तयारी मसला, १० बोरा कच्चा मसला र मसला पिस्ने मेसिन एक थान बरामद गरेको छ ।
यस्तै बीएमसी स्पाईसेस उद्योगको ट्रेडमार्क र डिजाईनका लेबलहरूसमेत बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिएका छन् ।
उनका अनुसार पक्राउ परेका कानुलाई अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान भइरहेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु