Monday, June 24, 2024

तस्कर र प्रहरीबिच झडप, तीन राउन्ड हवाई फायर

पछिल्लाे समाचार


राकेश यादव/
बिरगंज, २८ भदौ//

पर्सामा काठ तस्कर र नेपाल प्रहरीबिच झडप भएको छ । झडपका क्रममा प्रहरीले तीन राउन्ड हवाई फायर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालका अनुसार जिल्लाबाट खटिएको प्रहरी टोली र काठ तस्करबिच सोमबार बिहान ४ बजे भिडन्त भएको हो ।
पटेर्वासुगौली गाँउपालिकाको फरहादवा नजिक पर्ने जङगलबाट सालको गोलिया काठ मोटरसाइकलमा राखेर ल्याउँदै गरेका चार वटा मोटरसाइकलमा सवार ८ जना तस्करलाई प्रहरीले रोक्ने क्रममा भिडन्त भएको हो । ५ जनाको प्रहरी टोलीले रोक्न खोज्दा ८ जनाको संख्यामा रहेका काठ तस्करहरुले प्रहरीमाथि नै जाइलागेपछि आत्मरक्षाका लागि प्रहरीले तीन राउन्ड हवाई फायर गर्नु परेको प्रहरी नायव उपरीक्षक खनालले बताए । प्रहरीले हवाई फायर गरेपछि तस्करहरु दुई वटा मोटरसाइकल र काठ छाडेर भागेको खनालले बताए। घटनास्थलबाट काठ तस्करीमा प्रयोग भएका दुई वटा मोटरसाइकल र दुई वटा ठूला गोलिया काठ बरामद गरीएको प्रवक्ता खनालले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु