Tuesday, April 22, 2025

दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित

पछिल्लाे समाचार

काठमाडौं, २३ भदौ / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि वुधवार बसेको संसदको दोस्रो बैठक पनि स्थगित भएको छ । 

एमालेको अवरोधका कारण सभामुख अग्नि सापकोटाले संसद बैठक १५ मिनेटका लागि लागि स्थगित गरेका छन् । 

सभामुख अग्नि सापकोटाले एमालेले कारवाही गरेका १४ जना सांसदलाई कारबाही गरेको निर्णयलाई प्रक्रियामा नलगेको भन्दै बैठक सुरु भएलगत्तै अवरोध गरेको थियो । 

अवरोधपछि १५ मिनेटका लागि बैठक स्थागित गरिएको थियो । १५ मिनेटपछि बसेको दोस्रो बैठकपनि एमालेका सांसदले अवरोध गरेपछि सभामुख अग्नि सापकोटाले बैठक स्थगित गरेका हुन् । 

एमाले सांसदले नारावाजी नरोकेपछि उनले मागमा आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद संचालनमा सहयोग गर्न आग्रह पटकपटक गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु