Thursday, June 13, 2024

नक्कली नेपाली नोट छाप्ने मेसिनसहित तीन युवक पक्राउ

पछिल्लाे समाचार


सिराहा ,२६ भदौ //
नक्कली नेपाली नोट छाप्ने मेसिनसहित सिरहाबाट तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका वडा नं. १२ बस्ने २५ वर्षीय धिरज यादब, संजय राय र कल्याणपुर नगरपालिका वडा नं.७ बस्ने २४ वर्षीय विमलेन्द्र कुमार नायक रहेको प्रहरीले जनाएको छ।

शुक्रबार गोलबजार नगरपालिका ६ स्थित विरेन्द्र महतोको घरबाट उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ।
गोप्य सूचनाको आधारमा घर खानतलासी गर्दा उनीहरुको साथबाट ६ लाख ८४ हजार नक्कली नेपाली नोट, नोट छाप्ने मेसिन, एकथान ल्यापटप र मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

तीनैजनालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालयबाट नेपाल प्रहरीको टोलीलाई बुझाएको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु