Wednesday, May 22, 2024

नेकपा (एस) को सर्लाही जिल्ला भेला भदौ २७ गते हरिवनमा हुने

पछिल्लाे समाचार

सर्लाही २५,भाद्र/ नेकपा (एकीकृत समाजवादी) को भदौ २७ गते सर्लाहीमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला हुने भएको छ ।माधव कुमार नेपाल नेतृत्वको एस को जिल्ला भेला हरिवनमा हुने प्रेस वक्तव्य मार्फत जानकारी गराइएको छ।
पार्टीका केन्द्रीय सदस्य लक्ष्मण पौडेलले जारी गरेको प्रेस वक्तव्यमा भेलाबाट पार्टीको जिल्ला कमिटी पुनर्गठन गर्ने समेत उल्लेख गरिएको छ । पार्टीका केन्द्रीय स्तरका नेताहरुबाट सम्वोधन हुने उक्त भेलामा पार्टीको तत्कालिन जिल्ला कमिटीका सदस्य, पार्टी निकट जनप्रतिनिधि, पार्टी नेता, अगुवा कार्यकर्ता, जनवर्गिय संगठनका पदाधिकारीलाई आमन्त्रण गरिएको नेता पौडेलले बताए ।
पौडेलले जारी गरेका प्रेस वक्तव्यमा २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको निरन्तरता नै यो पार्टीको पुनर्गठन भएको उल्लेख गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु