रौतहट १४ असोज ।
भारतबाट स्थलमार्ग हुदै नेपाल प्रबेशगर्ने मानिसले अनलाइन फारम भरेर आउनुपर्ने नियम हटाउन मागगर्दै रौतहटमा ज्ञापन पत्र बुझाइएको छ ।
बिहीवार जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाइ अनलाइ फारम भर्ने नियम हटाउन मागगर्दै नागरीक समाजका अगुवा, राजनितिक दलका नेताह?ले रौतहटका सिडिओ इन्द्रदेव यादव लाइ ज्ञापन पत्र बुझाएका हुन ।
ज्ञापन पत्र बुझाउन नागरीक समाजका अध्यक्ष जगन्नाथ केशरी, नेता रेवन्त झा लगाएतका नेता तथा नागरीक अगुवा जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।