Saturday, March 2, 2024

पौडी खेल्ने क्रममा बारामा एकजनाको मृत्यु

[sharethis-inline-buttons]

पछिल्लाे समाचार


बारा ,१२ असोज //

जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरबाना नजिकै बेङाई पैनी बाँधमा पौडी खेल्ने क्रममा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिमराका अन्दाजी ४० वर्षिय भगवान काजी कार्की रहेका छन्।
साथीहरुसँगै पौडी खेल्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक कार्की नेपाली सेनाका अवकास प्राप्त जवान भएको बुझिएको छ।

घटना स्थलमा प्रहरी पुगी घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उक्त स्थानमा यसअघि पनि पौडी खेल्ने क्रममा मानिसको मृत्यु भईसकेको बताइएको छ । पौडी खेल्ने क्रममा स्कुले बालबालिकाको ज्यान गएपछि त्यस स्थानमा पौडी खेल्न लामो समय रोक लगाईको थियो । पैनीबाट सिंचाई गर्न निर्माण गरिएको बाँधमा जमेको पानिमा पौडि खेल्ने क्रममा मानिसको ज्यान गैरहेको हो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु