रौतहट ,१३ असोज //
प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।
प्रदेश सरकारले सामुदायिक विद्यालयका छात्राहरुलाई वितरण गर्ने साइकल खरिदमा व्यापक अनियमितता गरेको गुनासो उठेपछि बुधबार दिउँसो बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो।
प्रदेश–२ सरकारले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत बालिकाहरूलाई साइकल वितरण गर्दै आएको छ।
साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन्।
बर्दिबासबाट गएको टोलीले मुख्यमन्त्री कार्यालय पुगेर खरिदसम्बन्धी फाइल ल्याउने र अनुसन्धानका लागि केन्द्रमा पठाउने उनले बताएका छन्।
केन्द्रबाट गएको टोलीले कागजात लिएको अख्तियार स्रोतले जनाएको छ।