Thursday, June 13, 2024

प्रदेश २ सहित केहि स्थानमा बर्षाको सम्भावना

पछिल्लाे समाचार


रौतहट ,२ असोज //
आज देशभर आंशिकदेखि सामान्य बदली भईरहेको छ ।
बागमती प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का एक दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै राति देशभर बदली रही प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।
हाल भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव नेपालको मौसममा रहेको महाशाखाले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु