Friday, June 21, 2024

बाराबाट पेस्तोल र म्याग्जिनसहित दुई जना पक्राउ

पछिल्लाे समाचार


बारा,१६ भदौ //
बाराबाट पेस्तोल र म्याग्जिनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिम्रौनजगढ नगरपालिका वडा नं.४ गंगानगर बस्ने ३५ वर्षीय राजेश प्रसाद यादव र २० वर्षीय जितेन्द्र प्रसाद कुशवाहा रहेका छन् ।
मंगलबार बिशेष सुचनाको आधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले सिम्रौनगढस्थित बिधायक होटेलबाट पेस्तोलसहित दुवै जनालाई पक्राउ गरिएको बाराका प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिएका छन् ।
उनीहरुको साथबाट लुकाई छिपाई राखेको अवस्थामा मेड ईन यु.स.ए.नं.७७७७० लेखिएको म्याग्जिनसहित पेस्तोल एक थान र एक्स्ट्रा म्याग्जिन एक थान बरामद गरेको उनले बताएका छन्।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु