Friday, June 21, 2024

भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा नेपाल प्रहरीलाई सडक डिभाइडर उपलब्ध

पछिल्लाे समाचार


जनकपुरधाम ,२९ भदौ //
प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले ट्राफिक व्यवस्थापन गर्न नेपाल प्रहरीलाई सडक डिभाइडर उपलब्ध गराएको छ ।
मंगलबार ट्राफिक व्यवस्थापनलाई सुदृढ पार्न भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले प्रदेश २ प्रहरीका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारलाई सडक डिभाइडर हस्तान्तरण गरेका हुन् ।

साना तथा ठुला खालका २५३ वटा सडक डिभाइडर हस्तान्तरण गरिएको बताइएको छ ।
आवश्यकता अनुसार जनकपुरधामसहित प्रदेश २ को ८ वटै जिल्लाका मुकाममा भिडभाड तथा सवारीसाधनको चापलाई नियन्त्रित गर्दै थप व्यवस्थित बनाउन तत्काल मुख्य सडकमा डिभाइडर राख्न मन्त्री यादवले निर्देशन दिएका छन् ।
कार्यक्रममा मन्त्रालयका सचिव दीपककुमार दास, प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख तथा प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठ, यातायात कार्यालय र सडक कार्यालयका प्रतिनिधि, धनुषा ट्राफिक प्रमुख नवराज न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु