Monday, June 24, 2024

महोत्तरीमा २०३ बोरा मटर बरामद

पछिल्लाे समाचार


महोत्तरी,१७ भदौ //
महोत्तरी प्रहरीले भण्डारण गरी राखेको अवस्थामा मटर बरामद गरेको छ ।
गएराती जिल्लाको एकडारा गाउँपालिका–५ बहेडा गाउँस्थित रामकृपाल साहको सटरमा भण्डारण गरी राखेको अवस्थामा २०३ बोरा मटर (केराउ) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख प्रकाश विष्टले जानकारी दिएका छन्।
जिल्ला प्रहरी कार्यालयबाट खटीएको विशेष टोलीले नेपालबाट भारततर्फ तस्करी गर्ने उद्देश्यले भण्डारण गरी रखिएको एउटा बोराभित्र २५ किलोका दरले प्याक गरिएको पाँच टन ७५ किलोग्राम मटर नियन्त्रणमा लिएको बताइएको छ।
यस्तै प्रहरीले गए राति जलेश्वर–३ बाट तीन बोरा मटर र दुई बोरा सुर्ती पनि बरामद गरेको थियो।
बरामद मटर आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय मलिवाडामा बुझाइएको महोत्तरी प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु