Wednesday, May 22, 2024

मानवसेवा आश्रमले गर्यो सडकमै जन्मिएको नवजात शिशु र आमाको उद्धार

पछिल्लाे समाचार


सर्लाही ,१९ भदौ //
सर्लाहीको हरिवन नगरपालिकामा रहेको मानवसेवा आश्रमले सडकमै जन्मिएको नवजात शिशु र आमाको उद्धार गरेको छ ।
सो आश्रमले सप्तरीको राजविराज बाट मनोरोगी महिला जसले आफ्नो नाम र थर बताउन नसक्ने अन्दाजी ३५ वर्षिया महिला सहित उनको नवजात छोरालाई उद्धार गरेको हो।
कृष्ण जन्माष्टमीको दिन शम्भुनाथ नगरपालिका वडा न. ३ स्थित सम्भुनाथ मन्दिरको प्रांगणमा महिलाले छोरालाई जन्मदिएकी थिइन।
छोरा र आमाको उद्धारका लागि सप्तरी जिल्लाका प्रमुख जिल्ला आधिकारी जय नारायण आचार्यले आश्रममा सम्पर्क गरेर महिलाको अवस्थाको बारेमा जानकारी गराएको मानवसेवा आश्रमका सर्लाही शाखा संयोजक मनिषा के.सीले बताएकी छिन् ।
महिलाको बारेमा जानकारी पाएपछि बिहिवार नै उनीलाई उद्धार गरि आश्रम ल्याएको के .सीले बताएकी छिन् ।
अहिले नवजात शिशु र आमा स्वस्थ्य रहेको र शुक्रबार बाट आमा र छोरा मानवसेवा आश्रमकै संरक्षणमा रहने आश्रमले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु