Monday, June 24, 2024

मिटर ब्याजमा ऋण लगानी गरी ठगी गरेको अभियोगमा एकजना पक्राउ

पछिल्लाे समाचार


सर्लाही ,६ असोज //
मिटर ब्याजमा ऋण लगानी गरेर ठगी गरेको अभियोगमा सर्लाहीबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका–३, बडकुर्वाका नरेश चौधरी रहेका छन्।
पीडितहरुबाट जाहेरी आएपछि अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रमुख एसपी सन्तोष सिंह राठौरले जानकारी दिएका छन्।
चौधरीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्वन्धी कसुरमा अनुसन्धानका लागि मंगलवार सर्लाही जिल्ला अदालतले प्रहरीलाई ५ दिनको म्याद प्रदान गरेको छ।
उनीमाथि विपन्न नागरिकलाई मिटर ब्याजमा ऋण लगाएर उठिबास गराएको अरोप छ ।
अहिलेसम्म ३ जनाको उजुरी परिसकेको र थप केही व्यक्तिहरुले आज पनि उजुरी लिएर आएको एसपी राठौरले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु