रौतहट २९ भदौ /मौलापुर नगरपालिकामा दुई आर्थिक बर्ष भित्रमा सयौ बिपन्न परिवारको घर निर्माण गरिएको छ ।
मौलापुर नगरपालिकाले २ वर्षमा सुरक्षित आवास कार्यक्रम अन्तर्गत ७ सय २८ परिवारलाई अनुदान उपलब्ध गराएको जनाएको छ ।
मौलापुर, मर्यादपुर,पथराबुथरा, नन्कार,पतौरा,गम्हरीया लगायत टोलमा अनुदान दिएर गत दुई आर्थिक बर्षमा घर मर्मत तथा निर्माण गरिएको हो ।
नगरपालिकाको अग्रसरतामा एकीकृत बस्ती निर्माण समेत भएकोछ ।
एकीकृत बस्ती बिकास कार्यक्रम अन्तर्गत मर्यादपूरमा- २५ परिवार, मौलापुरमा-१८ परिवार र नगरक्षेत्रका अन्य विपन्न परिवार- २५ परिवार गरि-६८ परिवारको पक्की घर निर्माण भएको मौलापुर नगरपालिकाले जनाएको छ । मौलापुर नपाले दलित समुदायको निजी घरमा निर्माण तथा मर्मत अनुदानमा ७ करोड़ १२ लाख खर्च गरेको छ ।
अन्य स्थानीय तहहरुले पनि गरेका कार्यहरुको बिवरण सार्वजनिक गर्नका लागि सरोकारवालाहरु संग रौतहटका केही सामाजिक अगुवाहरुले माग समेत गरेका छन ।