Monday, June 24, 2024

मौलापुरमा विद्युत चुहावट घट्दै

पछिल्लाे समाचार

रौतहट,१६ भदौ //
नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रले गएको २ वर्षमा २४ प्रतिशत विद्युत चुहावट नियन्त्रण गर्न सफल भएको छ ।
नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका प्रमुख शक्ति साहका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा ४० प्रतिशतको हाराहारीमा रहेको विद्युत चुहावटलाई आर्थिक वर्ष २०७७÷०७८ मा १६ प्रतिशतमा झारिएको छ।
विद्युत चुहावट नियन्त्रण गर्ने अभियान अन्तर्गत २ वर्षमा करिव २४ प्रतिशत विद्युत चुहावट नियन्त्रण गर्न सफल भएको उनले बताएका छन्।
उनका अनुसार प्राधिकरणले चुहावट नियन्त्रण अभियान सञ्चालन गरेसँगै पहिलेको तुलनामा विद्युत चोरी गर्ने क्रम समेत घटेको छ।
चालू आर्थिक वर्षमा १६ प्रतिशत विद्युत चुहावट नियन्त्रण गर्न बाँकी रहेकाले सो अभियानलाई निरन्तरता दिइ जिल्लाको बिजुली बत्तीलाई नियमित र व्यवस्थित गर्नेतर्फ प्राधिकरण लागेको वितरण केन्द्रका प्रमुख साहले बताएका छन् ।
आर्थिक वर्ष २०७६÷०७७ मा विद्युत उपभोग गर्ने कुल १६ हजार ग्राहक रहेकोमा आर्थिक वर्ष २०७७÷०७८ मा भने २१ हजार पुगेको उनले जानकारी दिएका छन्।
यस्तै चुहावट नियन्त्रण गर्ने क्रममा आर्थिक वर्ष २०७६÷०७७ मा हुकिङ्ग गरी विद्युत चोरी गर्नेहरुलाई कार्यवाही गरी ४ लाख रुपैयाँ राजश्व असुल गरिएको थियो भने आर्थिक वर्ष २०७७÷०७८ मा ५ लाख रुपैयाँ जरिवाना अर्थात राजश्व असुल गरिएको उनले बताएका छन्।
यस्तै प्राधिकरणले आर्थिक वर्ष २०७६÷०७७ मा १० करोड राजश्व संकलन गरेको थियो।
गत वर्ष आर्थिक वर्ष २०७७÷०७८ मा १५ करोड राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा ११ करोड मात्र संकलन गरिएको वितरण केन्द्रले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु