Thursday, June 13, 2024

राजविराजका एक कर्मचारी १५ सय रुपैयाँ घुससहित पक्राउ

पछिल्लाे समाचार


सप्तरी ,५ असोज //
घरेलु तथा साना उद्योग कार्यालय राजविराजका एक कर्मचारी १५ सय रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन् ।
पक्राउ पर्नेमा कर्यालयका नायब सुब्बा विरेन्द्र साह रहेका छन् ।
सोमबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको समन्वयमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले नासु साहलाई १५ सय रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

कार्यालयमा एक सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नासु साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले बताएका छन्।
उनका अनुसार नासु साहलाई आवश्यक कार्यवाहीको लागि आयोगको कार्यालय इटहारी पठाउने तयारी गरिएको
छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु