Thursday, September 12, 2024

राष्ट्रिय युवा संघ नेपालद्वारा निजगढका २० जना बालबालिकालाई निःशुल्क पठनपाठनको बेवस्था

पछिल्लाे समाचार


बारा ,४ असोज //
राष्ट्रिय युवा संघ नेपालले निजगढ नगरपालिका १० लालका २० जना बालबालिकालाई निःशुल्क पठनपाठनको बेवस्था गरेको छ ।
संघका केन्द्रिय सदस्य दिपिका शाह र ईराज कोईरालाले पठनपाठनमा सहयोग गर्न निःशुल्क दैनिक २ घण्टा अतिरिक्त कक्षा (टिउसन)को बेवस्था गरेको हो ।
लालका बिपन्न, गरिब, दुखी र असाहाय परिवारका बालबालिकाका निम्ति आफ्नो खर्च कटौती गरि पढ्न थप सहयोग गर्नका निम्ती टिउसन कक्षा सुरु गरेका हुन् ।
जिविकोपार्जनका निम्ति दैनिकि ज्याला मजदुरी गरी परिवारका बच्चालाई अतिरिक्त कक्षामा खर्च गर्न नसकिने हुँदा एक वर्षका निम्ति निःशुल्क कक्षा सुरु गरिएको केन्द्रिय सदस्य दिपिका शाहले बताईन ।

बन्दाबन्दिका कारण बालबालिकाहरुको पढाईमा असर परेको र जिविकोपार्जनका लागि काम पनि नपाउदा छाक टार्नका लागि पनि समस्या रहेको हुदाँ कम्तिमा बालबालिकाहरुको पढाईमा थेरै भएपनि सहयोग हुने भएकोले संविधान दिवसको दिनबाट टिउसन सुरु गरिएको केन्द्रिय सदस्य ईराज कोईरालाले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु