Monday, June 24, 2024

रौतहटबाट सालको गोलियासहित २ थान साइकल बरामद

पछिल्लाे समाचार


रौतहट,२० भदौ //
रौतहटबाट सालको ४ थान गोलियासहित २ थान साइकल बरामद गरिएको छ ।
शनिबार चन्द्रपुरस्थित रङ्पुर साझेदारी वनबाट खटिएको गस्ति टोलीेले सो वन क्षेत्रमा हुने गरेको तस्करी नियन्त्रण तथा निगरानीको क्रममा गोलिया बरामद गरेको हो।
वन क्षेत्रमा रुख कटान गरि ४ ओटा गोलिया बनाई २ ओटा साइकलमा लोड गरिरहेको अवस्थामा सो काठ र साइकल बरामद गरेको जितेन्द्र चौधरीले जानकारी दिएका छन् ।
गस्ति टोलीेलाई देख्नासाथ तस्करहरु फरार भएको उनले बताएका छन् ।
बरामद काठ र साइकल आवश्यक कार्यवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाइने चौधरीले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु