Sunday, February 9, 2025

रौतहटमा एक किशोरी सामुहिकरुपमा बलात्कृत,दुइजना आरोपी फरार

पछिल्लाे समाचार

रौतहट १६ भदौ /तीन जना मिलेर सामुहिक रुपमा १५ बर्षिया किशोरीलाइ जवरजस्ती कारणी गरेको आरोपमा प्रहरीले एकजना लाई पक्राउ गरेको छ भने दुई जना फरार भएका छन ।
भदौ १५ गते रौतहटको माधवनारायण नगरपालिका वडा नं. ३ का अन्दाजी २५ बर्षिय किशन सहनी र अन्य २ जना मिलेर संकेत नाम G किशोरीलाई घाँस काट्न गएको बेला डर त्रास देखाई बलत्कार गरेको प्रहरीले जनाएको छ ।
माधवनारायण न.पा.वडा नं. ५ स्थितमा रहेको सिसौको घारीमा लगि जवरजस्ती करणी गरेको पिडित किशोरीले बताएकी छिन ।
आरोपी किशन सहनीलाई खोजतलास गर्ने क्रममा १५ गते साझ करिव ७ बजे सोही न.पा.वडा नं. ३ सखुअवा बाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
पक्राउ परेका सहनी लाई जिल्ला अदालत गौर बाट ५ दिनको म्याद लिएर अनुशन्धान भैरहेको र फरार रहेका अन्य २ जना को खोजी भैरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु