Friday, June 21, 2024

रौतहटमा एमालेको संगठन विस्तार अभियान

पछिल्लाे समाचार

रौतहट २५ भदौ /नेकपा एमाले रौतहटको संगठन विस्तार तथा सुदृढीकरण अभियान सम्बन्धि कार्य तालिका सार्वजनिक गरिएको छ ।
जिल्ला स्तरीय कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रम हरु सार्वजनिक गरिएको नेकपा एमाले रौतहटले जनाएको छ ।
गाउँ ,नगरको कार्यदल , कमिटीको विस्तारित बैठक भेला –
भदौ ३१ गतेसम्ममा सम्पन्न गर्ने यस्तै वडा भेला,गठन , पुनर्गठन वडा अधिबेशन आयोजक कमिटी गठन
आउदो असोज १० गते सम्ममा सम्पन्न गर्ने ,
असोज १० गते पार्टी जिल्ला कमिटिको बैठक बस्ने ,
पार्टी सदस्यता नविकरण तथा वितरण
असोज ३१ गते सम्म सक्ने , जिल्लाका सम्पुर्ण वडा अधिबेशन कार्तिक ६ गते सम्पन्न गर्ने ,सम्पुर्ण पालिकाहरुको अधिबेशन कार्तिक ९ गते भित्र सम्पन्न गर्ने निर्णय भएको नेकपा एमाले रौतहटका अध्यक्ष तुलसी राज गिरीले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु