Wednesday, May 22, 2024

रौतहटमा पछिल्लो ३ दिनमा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

पछिल्लाे समाचार


रौतहट ,२ असोज//
रौतहटको देवाही गोनाही नगरपालिकामा पछिल्लो ३ दिनमा ३ बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ।

२ बालिकाको मृत्यु २४ घन्टा नबित्दै फेरि अर्की बालिकाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार देवाही गोनाही नगरपालिका वडा नं.६ कर्कच करमहियाका स्थानीय मोहन साहको छोरी साढे दुई बर्षकी छोरी ज्योति कुमारी साहको हिजो साँझ डुबेर मृत्यु भएको हो।
गाउँ नजिकै रहेको नहरमा जमेको पानीमा डुबेर बालिका साहको मृत्यु भएको परिवारले जानकारी दिएको छ। मृतक बालिकाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा पठाईएको ईलाका प्रहरी कार्यलय देवाही गोनाहीका प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए।
यस्तै बिहिबार देवाही गोनाही ७ का वडा अध्यक्ष जगरनाथ यादवको निर्माणधिन पोखरीमा डुबेर २ बालिकाको मृत्यु भएको थियो।
घोंगी लिन पोखरीमा गएकी कटहरिया नगरपालिका वडा नम्वर ६ का १० वर्षीय निशु कुश्वाहा र बृन्दावन नगरपालिका वडा नम्बर २ का १४ वर्षीय मुस्कान कुमारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु