Thursday, June 13, 2024

वीरगञ्ज उद्योग वाणिज्य संघले गर्यो शेयर मार्केट समिति गठन

पछिल्लाे समाचार


पर्सा ,१९ भदौ//
क्यापिटल तथा शेयर मार्केट समिति को गठन आज वीरगञ्ज उद्योग वाणिज्य संघले गरेको छ ।

संघका कार्य समिति सदस्य मुरली जलानको अध्यक्षतामा आज समिति गठन भएको हो । गठित समितिको सदस्यमा ओमप्रकाश खनाल, कविता खड्का, जीतकुमार दहाल र निरज अग्रवाल रहेका छन् ।

त्यस्तै ज्योति रुंगटा, टंकराज आचार्य, दीपककुमार सिंह, जयप्रकाश साह र मोहित गुप्ता पनि समितिको सदस्यमा मनोनित भएका छन् । सो अवसरमा संयोजक जलानले मोफसलमा शेयर बजारबारेमा चेतना र व्यवसाय विस्तारका लागि रचनात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संघका अध्यक्ष सुवोधकुमार गुप्ताले संघले शेयर बजारमा समस्याको समाधान र सम्भावनाको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु