Thursday, September 12, 2024

व्यवसायी तथा उपभोक्ता सचेतना अभिवृद्धि कार्यक्रम चन्द्रपुरमा सम्पन्न

पछिल्लाे समाचार


मुकेश कुमार साह,रौतहट २६, भदौ ।
रौतहटको चन्द्रपुरमा व्यवसायी तथा उपभोक्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । चन्द्रपुर नगर उद्योग बाणिज्य संघको आयोजना तथा बाणिज्य,आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यलय बिरगंज सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बाणिज्य,आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यलय बिरगंजका निमित प्रमुख जित बहादुर भण्डारीले प्रशिक्षण दिनु भएको थियो ।
वस्तु तथा सेवाको उपभोग गर्दा उपभोग्य मिति, मूल्य, कारोवारस्थलमा सूचनापाटी मूल्यसूची भए÷नभएको हेर्ने,उत्पादकको नाम ठेगाना, वस्तुको तौल, उत्पादन मिति हेरेर मात्र बस्तु खरीद गर्ने, बस्तु खरीद गर्दा बिल अनिवार्य माग्ने, अखाद्य वा कमसल उपभोग्य वस्तु तथा सेवाको बिक्री वितरण भएको पाइएमा प्रहरी, जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहमा उजूरी दिनेलगायत विषयमा प्रशिक्षण गराइएको थियो ।
कार्यक्रममा राजु तिवारी,धन बहादुर लामिछाने,प्रहलाद सुनार, उदय कुमार सिंह, धनलाल सिलवाल, राहुल रौनियार लगायतका व्यापारीहरुले आ-आफ्ना गुनासो राखेका थिए ।
ब्यापारीहरुले दर्ता प्रक्रिया झन्झटिलो,म्याद गुज्रेको समान नलगीदिने,बिलको उपलब्धता नहुने भएपनि अन्डर बिलिंग गरेर दिने गर्नाले समस्या हुने गरेको गुनासो राखेका थिए ।
कार्यक्रममा सहभागीहरुले घरेलु उद्योग चन्द्रपुरमा पनि हुनुपर्ने माग गरेका थिए ।
होटेल ए.एन प्लाजामा सम्पन्न कार्यक्रमको संचालन चन्द्रपुर नगर उद्योग बाणिज्य संघका महासचिव सुनिल साहले गर्नु भएको थियो भने संघका उपाध्यक्ष प्रकाश गहतराजको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
चन्द्रपुर नगरपालिकाकि उपमेयर रामरती चौधरीको प्रमुख आतिथ्यता तथा इलाका प्रशासन कार्यलय चन्द्रनिगाहपुरका प्रमुख डोरेन्द्र निरौलाको बिशिस्ट अतिथ्यता रहेको कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा न.४ का अध्यक्ष अमर बहादुर आले, ५ का अध्यक्ष संजय काफ्ले, ६ का अध्यक्ष खड्क बहादुर कुश्वार,बाणिज्य,आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यलय बिरगंजका निमित प्रमुख जित बहादुर भण्डारी,नायव सुब्बा दिलिप खंग खत्वे,मधुरेश प्रसाद साह,चुर्ण बुढाथोकी तथा बासुदेव अधिकारी,खड्ग बहादुर तामां।
श्रीराम न्यौपाने,प्रकाश तिमल्सिना ,प्रहलाद रामदम लगायतका आतिथ्यता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु